तिम्रो शृष्टी अचम्मको छ
गुणैगुणले परिपुर्ण छ । ।
सृजना गर्ने समेतलाई
दिल देखिनै बधाइ छ ।
हे नेट जब हुन्छ तिम्रो भेट
मन इच्छा पुर्ण गराउछौ ।
मिलन बिछोड सब दिन्छौ क्षण मा
हर्ष बिभोर पनि गराउछौँ
खोजेको देखाईदिन्छौ,
त्यो पनि भेटाइदिन्छौ
जुन मेरो आकान्क्षाँ छ
त्यो पुर्ण गराईदिन्छौ
एक्लोपन हटाईदिन्छौ,
एकाग्रता ल्याइदिन्छौ
प्यारो साथी भएछौ नेट
बधाइ छ, सब्ले गर्न सकुन है भेट ।
अब सरल बन है इन्टरनेट ।
सबले तिमिलाई पाउन सकुन,
तिम्रो महिमा गाउन सकुन ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: