Sandesh Ghimire (Gagan) · Jul ३१, २०१६
बारूदको धुवाँ डुल्छ गुराँस फुल्ने पखेरीमा रगतको धारा बग्छ पानी भर्ने पधेंरीमा क्रान्ति गयो भन्नु मात्रै, ढाल्ने ढल्ने खेल रहेछ युद्ध चाँहि वर्षादमा उर्लिएको भेल रहेछ
बारूदको धुवाँ डुल्छ गुराँस फुल्ने पखेरीमा
रगतको धारा बग्छ पानी भर्ने पधेंरीमा
क्रान्ति गयो भन्नु मात्रै, ढाल्ने ढल्ने खेल रहेछ
युद्ध चाँहि वर्षादमा उर्लिएको भेल रहेछ
टोटोलालार्इ भूल्छ सबै लोभिएर अँधेरीमा
रगतको धारा बग्छ पानी भर्ने पँधेरीमा ।।
हराएको धेरै भयो अझै सम्म भेट्या छैन
उनको याद हृदयमा अझै सम्म मेट्या छैन
खोज्नु कति रूँदै चिच्याउँदै अँधेरीमा
रगतको धारा बग्छ पानी भर्ने पँधेरीमा ।।
-सन्देश घिमिरे (गगन)
[email protected]