के को भारी बोकिरहेको छ टाउको त्यसैले बताउँछ कति पर्यो सिरानेलाई बोझ ।
हिजो बलिरहेको आगोले कोईला बनायो कि खरानी मात्र हेरेर थाहा हुन्छ दाउरा अग्राख थियो कि कु-काठ?
मिलेर रगडिएमात्र दर्सिन ढुंगा र चकमकबाट झिल्को झुलोमा सर्छ ।
कति धेरै चिजहरु आश्रित छन् आपसमा म र मेरा संझनाहरु जस्तै
बास्तबमा यिनै संझनाहरुले बताउने रहेछन् एउटा मान्छे कहाँ कहाँ सुस्ताएर आयो ।
लेखकः सुरज सुवेदी भोजपुर तर हाल बिराटनगर https://www.facebook.com/surazz.subedi --- तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।