सानो साहस चाहिन्छ ?
त्यो हावा का झोक्का
त्यो पानीको बुदं
त्यो साथीको स्नेह
त्यो माटोको गन्द
ठिक छु भन्नु कि
ठिक छैन म भन्नु
पासपोर्ट सहित युवा अवस्था
बेचिदै छ भन्नु ||
के मात्र सम्झु
आफु जन्मेको घर
कुदेका ति पाखा
बिदा हुनै लाग्दा
बगेका आमाको आशू
आसिर्बादका शब्द संगै
घटेको बाबाको मुहारको चमक
र कुर्दै गर्ने गरेकी प्रेमिका
ठिक छु भन्नु कि
ठिक छैन म भन्नु
त्यो सम्झनाले
मुर्छित छु भन्नु ||
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: