मौनतालाइ म निरन्तरता दिए
बोल्ने बहाना भएपनी
टाढा बस्दा ठिक होला सोचे
नजिकिने चाहाना भएपनि !
सुनाइदिउला तिमीलाई ,
उसले खबर ल्याए सम्म
बुझाइदिउला तिमीलाइ
मस्तिष्कले भ्याए सम्म !
उत्कृष्टता खोज्छौ भने
पक्कै पाउने छैनौ म भित्र
कोहीले पागल नाम दिन्छन
छु म यस्तै विचित्र !
मनले शान्त पाउने थियो हररात
पछिको सुनौलो बिहान बन्न पाए
थकित शरीरले आराम पाउने थियो
सदाका निम्ति चिहान बन्न पाए !
घाटसम्म पुर्याइदेउ है मलाई
बाटोमा तिला छर्कदै
तिम्रो साटो लान सक्छु
होस गर , पछाडि नफर्क है !
जान मन छ त्यस्तो ठाउँमा
शून्यताले भरिदियोस
अत्याचारको निर्णय मनको
अदालतले गरिदियोस !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: