नेताहरुलाई ठिक्क हुन्छ कुर्सी तान्दातान्दै
पसिनाको मुल्य छैन बेच्नु छ जान्दा जान्दै
रहर कस्को हुदैन र देशमै काम गर्ने
तर आज बाध्यताभो बिदेसिनु पर्ने
देशमै केही गर्छु भनि सोचि बसे धेरै
बन्द हडताल चक्काजाम ले बिजोक भयो मेरै
साथिभाइ ले कमाइ ल्याउदा म पनि बिदेश आए
कम्पनी नै सप्लाइ रैछ पाउनु दुख पाए
फर्कि जाउ त ऋण धेरै काम गर्नै परो
प्रवासि भै कमाउने यो रहर पनि मर्यो
याद धेरै आउदो रछ गाउघर डुलेको
सम्झनाले झस्काउछ छैन नि भुलेको
सम्झनाले सताउछ छैन नि भुलेको
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: