यो वर्ष नि तिज आयो चेलीबेटी रमाउ
माइत गई खुसीमन ले सबै भेटी मनाउ
माइतिघर खानु रम्नु हसाउँनु आमालाई
कर्मले जहाँ-जहाँ पुर्याएनी दु:ख मेटी मनाउ
गाउनु नाच्नु पहिरिइ नया बस्त्र तीजमा
चौपारी मा पिङ खेली केटाकेटी मनाउ
भित्रियो गाउँ चाड पर्व धनी गरिब सबको
यही हो हाम्रो सम्झेर खुसीको खेती मनाउ
खानु दर राख्ननु संस्कार, गाउँका सबै बसि
मादलु र बरिलै भाकैमा सारंगी रेटि मनाउ
विक्रम मल्ल ठकुरी 'प्रशिक्षार्थी '
रजवारा :- १ प्यूठान
हाल :- दक्षिण कोरिया
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: