तिर्खाएको मान्छेलाई एक थोपा पानी तिमी।।
मुटु भित्र भरिएको मायाको खानी तिमी ।।
मेरो दीलमा राज गरे धन्य म हुन्थे ।।
हराभरा भएछ जीवन मेरि रानी तिमी ।।
मेरो जीवन तिमी,तिमी मेरो जीवन नानी ।
जीवन भन्ने बगैचाको हेरचाह गर्ने माली तिमी।।
च्याती छाडि गयौं भने यो जीवन सुक्ने छ ।
मेरो दिलको भावनालाई बुझने ज्ञानि तिमी ।।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: