तिमी हिँड्दै जादा, बाधाहरू त धेरै देखिन्छ
त्यो बाधाहरू सँग लड्ने आँट त गर
तिमी एकदिन पक्कै आफ्नो लक्ष्यमा पुग्नेछौ
तर अहिले तिमी नयाँ सुरुआत त गर !
कठिनाइ पलहरूले धेरै कुरा सिकाउँछन्
तर तिमी आफूमाथि विश्वास त गर
पछि सफल भएपछी बेग्लै आनन्द मिल्छ
तर अहिले तिमी नयाँ सुरुआत त गर !
बाटो थाहा छैन भने, बटुवालाई सोध
डर लागे पनि,अलि साहस त गर
परिश्रम नगरे मिल्दैन यहाँ केही
सफलताको बाटो हिँड्ने सुरुआत त गर !
नठान आफूलाई कमजोर केहीमा
मेहनत गरि त्यसमा पास त गर
जन्मदै ज्ञानी कोही हुँदैनन् यहाँ
एक एक ज्ञान बटुल्ने सुरुआत त गर !
सबैमा हुन्छन् आफ्नै केही गर्ने क्षमता
त्यही शक्तिलाई आफुमा जगाई केही खास त गर
जीवनमा नरुकी हिँड्नेको सधैं जित हुन्छ
तिमी पनि नरुकी हिँड्ने सुरुआत त गर !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: