डाेरी तुइनकाे छिन्दा टुक्रिन्छन् भावनाहरु
भत्कन्छन् मित्रता गारा ढल्दछन् भावका तरु ।
महाकाली बनी छाती उर्लन्छ क्राेधले कति
सक्ला र दुष्टले छिन्न? 'काली'भै बाटिएपछि ।
चुँडाली भावकाे डाेरी हानी अक्करमा कति
के गर्छस् दम्भ ए लण्ठू !माेटाे छु म खुबै भनी ।
तँ खुसी हुनकालागि म मरी दिनु पर्छ रे
उर्लँदाे भेलका बीच म झरी दिनु पर्छ रे |
हात्तीकाे चिन्तनै बाेकी कति सम्म रमाउने
ज्युँदाे छ कमिलाे बुझ्नु पापी नाक समाउने ।
अहंकार कती गर्छस् भुँडी ठुलाे भयाे भनी
अायु भकुण्डकाे घट्छ धेरै ठुलाे भएपनि ।
हाम्रा शासककाे निर्धाे लाचारीपनले गरी
छिमेकी दम्भले थिच्छ हामीलाई घरीघरी ।
चुँडाल्नु पर्छ है हामी असमान कुरा जति
कुहिनाे निल्छ पापीले अाैंलाे चुस्न दिएपछि ।
स्वाभिमान सरी हुन्न छातीकाे पनि धड्कन
सकिन्छ सहन सप्पै ,सकिन्न अपमान त ।
चुँडालाैं झेलकाे नाता चुँडालाैं दम्भकाे रसी
अाधापेट बरु खाअाैं ,नझुकाैं पाउमा पसी ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: