मन उडिरहन्छ
यता उता , उता यता
सोचहरु पनि उडिरहन्छन्
उता यता , यता उता
कहिले चरि बनेर
कहिले हवाइ जहाज बनेर
कहिले चङ्गा बनेर.....
मन उडिरहन्छ
सोचहरु पनि उडिरहन्छन्
ए मन
ए सोचहरु
कत्ति उडिरहन्छौ बस्नै बिर्सिएर
कत्ति खेल्छौ लुकामारी आफैंलाई भुलेर
ए मन
ए सोचहरु
कहिलेकाहीँ मन सोचहरु
र सोचहरु मन भइदेउन
अनि सोचहरुले मनको
मनले सोचहरु को
साथ पाएर यसरी उडिदेउन
एकचोटी
मात्र एकचोटी
त्यो उडानले गगन चुमोस्
त्यो उडान फर्किन जानोस्
त्यो उडान इतिहास बनोस्
बुझन मन
सोचन सोचहरु
मन सङ्ग सोचहरुको
उडान.....
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: