शिशिरकाे सिरेटाेले बडारेकाे हरियाली
वसन्तकाे वहारले पाउलिदैँ छ,
कुहु कुहु काेएल गाउदैँ छ,काफल पाक्दै छ
खासमा खुसीहरु जाग्दै छ !
मनमगन वासहरुकाे एकै चाेटि
सुवास छाउँदै छ
हेर न, हरियाली छाउँदै छ
सुन न, वसन्त आउँदै छ !
कुँडीएकाे थियोे मन पनि
बहार सँगै फेरि पिरति गित गाउँदै छ
टुटेको, छुटेका फेरि कतै भेटिँदै छ,
खास तिर्खा र प्यासहरु मेटिँदै छ
काेहि भेटिँदै छ !
समय फेरिदैँ छ समयसँगै
नयाँ इच्छा, आकाङ्क्षा थपिदैँ, उमङ्ग छ,
खास मा मन रमाउँदै छ
पुरानो हाँगाविगाँमा नयाँ पातहरु पाउलिदैँ छ !
पुरानाे निराशाहरु फेरि नाैलाे आशा बन्दै छ
खासमा, सादा जीवन रङ्गि विरङ्गि फूलहरुले रङ्गिन बनाउँदै छ,
वसन्त आउँदै छ !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: