नवदुर्गा भगवानले रक्षा गरून,
मन प्रफुल्ल रहोस् सधै
जौ को जमरा शिरमा,
निधारभरी टिका होस् र पो दसै ।
हजुरबुबा देखि हजुरमुवा सम्मको
मान्यजनबाट टिका र जमरा थापी
नाताका सानालाई लगाई दिई
आशीर्वाद दिन र लिन पाईयोस र पो दसैं ।
टिका, जमरा र नयाँ बस्त्रमा सजिएर चट्ट
कोटघर गई नौमती बाजामा ढाल तरवारमा
ताल मा ताल नाँच देखाउन पाईयोस र पो दसैं ।
आ-आफ्नो संस्कार रितिरिवाज
संरक्षणमा लागौ भन्दै
दौड्दै मादलको तालमा मालश्रीको
भाका घन्क्याउन पाईयोस र पो दसै।
परिवार एक आपसमा सुख शान्ति
सु-स्वास्थ्य दिर्घायुको संगै बसेर
शुभकामना आदान-प्रदान गर्न पाईयोस् र पो दसैं ।
......तर बिडम्बना यै छ, हाम्रो समाजमा
लगभग ६० लाख युवा मुग्लानमा सोच्दैछन्
आखिर के हो दसैं ? ? ?
क्यारौ त नि, परदेशमा चाही टन्न बिदा होस,
महिनौ पिच्छे तलब बढोस, साथमा सबैसबै
साथीभाई संग घुम्दै रमाउदै नेपाली
परिकारको स्वाद लिन पाईयोस र पो दसै।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: