बित्याे समय र त आज जवानी भयाे ।
मृत्यु निश्चित थियाे त्यसैले खरानी भयाे
सुगन्ध टिप्ने बानीले हाेला सायद
माैरी र म मा पनि दुश्मनी भयाे ।
ईच्छा थियाे सबै माझ राम्राे गर्ने
तर शत्रु पनि कसैकाे जानी नजानी भयाे।
पैसा अति कमाए अनि डाहा गर्ने अनेक हुदा
फैलाउने कमजाेरीले मित्रकाे नै हानी भयाे ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: