पहाडबाट झरना झरेर।
खाेलाबाट पानी बगेर।
अानन्द अाउछ त्यहा त्यसलाई
जाे रम्छ त्यहा बसेर।
सुनेर चराचुरुङ्गीको धुन।
आफैले आफुलाई प्रश्न गर्छ।
यस्तो चिज छ त्यो कुन?
जस्ले छाएको छ यहाँ प्रकाश।
जस्को बिना हुन्छ यो रात उदास ।
उमंग छाएको थियो रातमा।
त्यही मात्र थियो एउटा साथमा।
फेरि आफैले आफुलाई प्रश्न गर्छ।
यस्तो चिज छ त्यो कुन?
त्यो त रहेछ आकाशको जुन।
त्यो त रहेछ आकाशको जुन।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: