आफ्नो देश सम्झिए
रत्नपार्कको माईक्रो सम्झिए
अनि त्यस भित्रको साग सम्झिए
झट्ट आमाको याद आयो,
आमाले बनाको गुन्द्रुक सम्झिए
क्या मज्जाले कोच्नु हुन्थ्यो मेरि आमाले साग,
खलासी दाइ देखेर आमा सम्झिए...!
सम्झिन त के के सम्झिए सम्झिए
मम: सगको प्रेम सम्झिए
धरहराको मम: डेटिङ प्लेस सम्झिए
म विदेश भासिए
उता धरहरा भासियो
अनि मम: वियोगान्त ब्रेकअप सम्झिए।।
साथी भन्दै थियो, छिट्टै आइज केटा
एक रात पिलाउनु पर्छ।
साथीभाईको मन मिलाउनु पर्छ।
खै आमा भन्दै थिए गाउमा ककसको रत्यौली खेलेको रे
छिट्टै आइज बाबू
अब त नयाँ कोट सिलाउनु पर्छ।।
अन्त , नियम इत्ति मिचे केस चल्छ
विकास कार्य तेज चल्छ
झुक्काको होइन मैले धरोधर्म
उखान टुक्काले त मेरो देश चल्छ।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: