आमा संसारका सारा सुख भोग बेकार
भैदिन्छन तिम्रो आँचलको अगाडि,
किनकी
तिम्रो निस्वार्थ आँचलभित्र लुट्पुटिन
नपाई संसार छिचोल्न हिडेका मेरा
पाईलाको प्रत्येक ठेसमा तिम्रो नाम
अंकित भैरह्यो !!
प्रकृतिले निशर्त दिएको तिम्रो ममता,
तोते बोल्ने बेला देखि नै भाग बण्डामा
पर्यो,
कत्रो रुवाबासी मेरो तिमी एकै छिन नहुँदा,
कहाली लाग्थ्यो तिमी बिरामी हुँदा,
आज छोरी भएकै कारण म तिम्रो
मुहार मात्र पनि अघाउदी हेर्न पाउदिन,
सबै तिर बाट जिन्दगिले बाँधेको यो शरीर
केबल सामिप्यताकै पर्खाइमा छन ।।
कति छिटो बितेछन बालापन आमा,
निशन्देह तिम्रो काखमा लडिबुडी खेल्ने म,
आज चारै तिरबाट ठक्कर लाग्दा तिम्रो याद
धेरै आउँछ,
कहिले कहिँ भेट्नु पाइन्छ पाहुना बनेर,
तिमी के छ भन्छेउ र हाँस्छेउ,
बस तिम्रो तेति मुस्कान देख्न म सबै ठिक भएको
नाटक गर्न प्रयत्न गरि रहनेछु ।।
सानोमा तिमी बाट माया पाउन म थोरै दुख्दा नि
धेरै रोएको झैँ गर्थे,
आज तिम्रो ओठमा मुस्कान देख्न एक्लै धेरै रुन्छु
र बाहिर हाँसेको नाटक गरिदिन्छु ।।
म पनि नाटकी भएनी आमा अब,
सानोमा तिमी हामिलाई खुवाएर नपुगे पनि
अघाए झैँ गर्थेउ,
आज म पराइ मनमा तिमिलाई सम्झिदै आफू
कम खाएर पनि अनगिन्ती चोटहरु सङ समेत
दिन कटाउन सक्ने भएको छु ।।
म अलिकती बिरामी हुँदा कति आत्तिन्थेउ है तिमी,
आज समयले मलाई कठिन बनाउदा म दिनकै
मन भरी अपमान र संघर्षले रुँदा पनि आफ्नै
मन उधिनेर सिउन जान्ने भएको छु ।।
Liked by: