Aau Timi Yo Jhundma | Hamro Patro

ब्लग - साहित्य / हाम्रो कविता

झुण्डहरूको देश




   नरेन्द्र श्रेष्ठ - Sep 25 2019

आउ तिमी यो झूण्डमा
तिम्रो उद्दार हामी गर्ने छौ
तिमीले बोकेर गाउ गीत
हाम्रो यो झूण्डको झण्डाको
देशको झण्डा बोक्ने ले
खोइ न्याय पाएर देखेउनी
हामी तिम्रो लागी मर्न र मार्न
दुबै मा सहमत छौ,के तिमी छौ?
तिम्रो लागी भलाद्मीपाराको भ्रष्ट
बन्न तयार हामी छौ,के तिमि छौ?
तिमीले अरूलाई दुःख दिनु पर्छ
कष्ट को पराकाष्ट मा उभ्याउनु पर्छ
कसैले तिमीलाई विरोध गर्न सक्छ
तिनको मुख थुन्न सक्नु पर्छ
परि आए जे पनि गर्नु पर्छ
अनि भन्ने हो खुलेर तिमीले
यो सबै जनता को लागी
चाहे गरून सबैले गाली
चाहे बजाउन तिनले ताली
तिमीले सबैको सुन्नु पर्छ
अनि तिम्रो कुरा सुनाउनु पर्छ
तो नै तिम्रो अन्तिम निर्णय हुन्छ
आउ तिमी यो झूण्डमा
जहा तिमीले मानवता किन्न सक्नेछौ
तिम्रो बोलीले सबैलाई
हासी हासी अर्थी मा चढाउन सक्नेछौ
बिकाउन सक्नेछौ तिमीले आफैलाई
टिकाउन सक्नेछौ जगतलाई
तिम्रो मुठीमा हुने छ
प्रतेकको हर सास
तिम्रो प्रतिपक्ष जो छन
मिलाउ नेपथ्यामा हात
बाहिर गर प्रतिघात
अनि भित्र देउ मिठो साथ
आउ तिमी यो झूण्डमा
बेचौला हाम्ले नदी ,जंगल,सिमाना
सके बेचौला यो राष्ट्रीयता पनि
हेर अहिलै तिमीले के बेच्न सक्छौ
पछि आफू तो ठाउमा पुगेसी
हाम्रो झूण्ड बेग्लौ छ भनेर
लगाउन सक्नु पर्छ नारा
उस्तै हुनु पर्छ ,फेरीनु हुदैन पारा
देश र जनता तिम्रो शब्दकोषमा हुनै पर्छ
नभए त तिम्रो राष्ट्रीयता छिट्टै मर्छ
बुझेर बुझपचाउनु, जानेर अन्जान बन्नु
राष्ट्रीयता को नाममा धावा बोल्नसक्नु
तिम्रो महान काम हुनेछ
यो बिर्सेर तिमी अगी गए
राष्ट्रीयता जोगाउने जस्तै
तिमी पनि खाल्टामा पर्न के बेर
हत्या हिंसा त तिम्रो रगतमा हुनुपर्छ
बिना कसुर सजाय दिलाउनु पर्छ
अड्डा र अदालत देखाउने दात हुन
यो बुझ्न धेरै समय लगाउन हुन्न
मानवता नभएको ठाउमा
के मानवाधिकार टिक्छ
यो बुझेर तिमीले अगाडी बड्नु
तिम्रो राज्यसत्ता पाउने बाटो हो
आउ तिमी यो झूण्डमा
कुरा मिठा र व्यवहार तिता
गर्नु सक्नु पर्छ तिमीले
सुर्य र चन्द्र बेच्न सक्नु पर्छ तिमीले
जातजातीमा फूट नल्याए सम्म
धर्मलाई अधर्म नबनाए सम्म
वर्गलाई बिभेद नगराए सम्म
हिमाल ,पहात ,तराई नअलग्याये सम्म
हिरा मोती सुनमा सम्म
खानी,उद्योग बन्द नगराए सम्म
सडग पुल पूर्खाको सम्पत्ति नसके सम्म
तिमीले भनि रहनु
जय नेपाल जय मातृभूमि
आउ तिमी यो झूण्डमा
____
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.