आउनै पर्छ है आज ए मेरा
आफ्नाहरू, दौतरीहरू अनि छिमेकीहरू
हेर त तिमीहरूले चिनेको मान्छे म
आज कस्तो तनाबमा छ
सहनै नसक्ने पिडामा छ
केही जिवनको खराब पलहरूबाट
दोवाटोमा अल्झिएको छ
उल्झन द्विबिधा आशकांको लकांमा
हनुमानको प्रतीक्षामा आफै जल्ने आसमा छ
आज प्रिति भोज हैन
केही थान फरक डिसहरू
वफेमा सजाएर बोलाउदैछु
आशुको सुपहरू दिमागको भर्ताहरू
मुटुको डिप फ्राइड पिसहरू
छातिमा बिझेका काडाहरूलाई
काटा चम्चा फोर्क बनाई
एपिटाइजर मेन कोर्स अनि डेजर्ट
असरल्ल अनलिमिटेड छ
आउ मस्त खाइदेऊ यि दावतहरू
म नतमस्तक भै आह्वान गरिरहेछु
कति मज्जा आउछ यी डिसहरू
तिम्रा बचनका धारहरूले काटेर खादा
तिम्रा जिव्रोले आज सम्म
यसको स्वादको
कल्पना मात्रै गरेको थिएन होला
आज बफेमा सजेको छ हेर त
तातो अनि बडा स्वादिलो हुनेछ
पूर्णरूपमा सन्तुष्ट हुने सन्तुलित छ
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: