अभाबता र अशिक्षाको पारदर्शी
एक्वेरियमभित्र सजाएका
मिठा मिठा सपनाहरु ,,.....
मालिङ्गोका दरसुके सिटाहरु निभेर
अधेरो रातमा पड्न छुटेका
पुस्तकका हरफहरु सङ्गै
छुटिन पुगेपछि,,
समयबाट हेपिएका असिमित रहरहरु
असफलताको नुनिलो आँसु बगाउदै
थोपा थोपा घडिबाट चुहेर
बिचलित समयसगै रोइराछ्न
लाचार जिन्दगी।।
थोत्रे चप्पलका फिताहरु
पटक पटक आगोले डामेर
गास्दै गास्दै सुरु गरेका
जिन्दगिको ती सुनौलो
यात्राहरु,,....
आस्था र भरोसाका बलौटाहरुमा
पटक पटक, घिस्रदा घिस्रदै खिएर
आफ्नो स्वरुप गुमाएका
थोत्रो चप्पलका टुक्राहरुसङ्गै
छुटेपछि जिन्दगिका गन्तब्यहरु,,....
समयको बेगले कठ्याङगृएर
दौडमा हारेका सबै सबै रहरहरु
बिकट्ताको सानो खरपनभित्र राखेर
मौनताको खुल्लाबजारमा ठगहरुसङ्ग,,
सुन्दर सपनाका कलिला मुनाहरुमाथी
नियत बस तुसारोहरु छर्दै
खुसिसाथ बेचिरहेछु।।।
भाग्यले लत्याएको
अनि
कर्मले हारेको निरीह जिन्दगीलाई
निरन्तर निरन्तर.......
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: