साथी साथी भन्छ्यौ अनि फेरि मस्किन्छ्यौ किन
कसैले मलाई केही भन्दा झस्किन्छेऊ किन
चिन्नेले त हामीलाई प्रेमजोडी नै भनिसके
म सँगै आएर प्रेम जाहेर गर्दिनौ किन
तिमी सुन्दिनौ म भन्न सक्दिन
फुटपाटमै जान्छु मल पुग्न सक्दिनँ
हामी गरीबलाई माया गर्ने अधिकार छैन र
तिमी स्टल जादिनौ म फाइभ स्टार लग्न सक्दिनँ।
तोरीको तेल लगाउँछु म कुनै क्रीम नमाग
सबै ध्यान तिमी तिरै छ कुनै ड्रिम नमाग
खल्तीमा पनि त्यतिनै पैसा बाकी छ मेरो
बर्गर र पिज्जा भइसक्यो अब आइसक्रिम नमाग।
खाइयो खाजा लगाइयो माया ठिकै छ नी त
गरियो गफ , मारियो अंगालो ठिकै छ नि त
उसलाई म राम्रो औधी लाग्ने अनि मलाई उ
हेरियो एकअर्कालाई गरियो चुम्बन ठिकै छ नि त।
दिनदिनै भेट्न जान्थे म उसको लागि ठूलो कुरा होइन।
छिन्छिनमै छक्क खान्थे म उसलाई देखेर ठूलो कुरा होइन ।
उसले पनि मलाई माया गर्छे भन्ने सोच्ने म सोझोलाई
उसकै ब्वाइफ्रेन्डको गाली खानु ठूलो कुरा होइन।
तपाईं त कति राम्रो भन्छे मोरि त्यतिकैमा
माया कति गर्नु हुन्छ भन्छे मोरि त्यतिकैमा
माया त मैले अथाह गरेको होनी के गर्नु
मेरो त बिहे काे टुंगो लाग्यो भन्छे मोरि त्यतिकैमा।
धेरै गाह्रो हुन्छ तिम्रो याद आएको बेला
थोरै सारो हुन्छ तिम्लाई भेट्न नपाएको बेला
तिम्लाई त आनंद भाको होला PR जो पायौं
मन कटक्क खाने तिम्रो छोरो मामा भन्दै आएको बेला ।
Liked by: