अजिब दुख छ
म उसको भएर पनि उ मेरो भएर पनि
उसलाई छुनलाई डराउँछु ।
अजिब दुख छ
माया गर्छु भनेर सुनाउँदा पनि
मनलाई शान्ति दिन कराउँछु ।
अजिब दुख छ
आफ्नो हो, मेरो हो जस्तो लाग्ने
उसको हरेक तस्वीरलाई आहा वाह
अनि लाइक गर्न हिचकिचाउँछु ।
अजिब दुख छ
मलाई मात्र हेर
मलाई मात्र सोच
मलाई मात्र मन मस्तिष्कमा राख है
भन्न मनमनै काप्दछु ।
अजिब दुख छ
तिम्रो माया सिर्फ मेरो लागि हो
भनेर हक देखाउ
भन्ने हिम्मत नभएर
रातभर रुँदछु ।
(*२०२०/०४/२२
राती ९ बजेर २० मिनेट
कविता लेखिएको मिती)
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: