आमा मेरी मनकी रानी
तिमीनै हौ माया की खानि
दुख पिडा सबै भुलेर फेरि
मुसुक्क मुसुक्क मुस्काइ रहने
खुशी देख्दा तिम्रो आमा
मेरो मन रमाएर द्ङ्ग हुने
मै त हुनि तिम्री छोरी आमा
कथा बेथा सुनाइ भुल्याई रहने
यसै गरी सधै हासिरहानु आमा
सयौ बर्ष फटाफट बाचिरहनु आमा
केहि परे मलाई फोन गर्नु ल आमा
मछु नि यहाँ तिमीलाई हसाईरहने
मातातिर्थ औशी को यही छ
आमलाई शुभकामना ।
बाकी नराखी पुरा भैरहुन तिम्रा
मनका इच्छा र तिम्रा चाहना ।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: