अति भयो, अति भयो अब सहिदैँन
देशको सीमा मिच्नेलाई त्यसै छोड्ने हैन।
गौरवपूर्ण गाथा छ हाम्रो स्वर्णिम इतिहासको
अक्षुण्ण हुन्छ सार्वभौमिकता हर एक देशको।
अस्मिता र अस्तित्व सानो, ठूलो हुन्न
शक्ति र बल छ भन्दैमा त्यसै हेप्न हुन्न।
कतिञ्जेल चुप लाग्छौ ए, लाछी नेता हो
यस्तो खबर सुनी वीर पूर्खाको कति मन रूँदो हो?।
सोझा जनता, नेता सबै कुरैमा भुलिदिने
बाहिर बाहिर रामनाम जपी भित्र छुरा रोपीदिने।
शान्तिप्रीय नेपालीजन द्वन्द्व रुचाउँदैनन
आइलाग्नेलाई जाइलाग्न नि पछी पर्दैनन।
जुटौँ सबै खबरदारी गरौँ एक भई
अनेकतामा एकताको मूल सन्देश लिई।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: