खिइदैछन् घर, गोठ, बारी , हलो र जुवाहरु
एक्लै छ चौतारी वरको ,घुम्दैनन् चर्खे पिङ
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन
रित्तिदैछन् गाम बेसी यहाँ, दुई छाकका रापले
छानो मानो अर्थ अनि,सुखका ती सन्तापले
झुल्काई सुदूरमा किरण ती, आशाका बिज छर्न
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन
छन् रोगी अनि अशक्तहरु यहाँ , देशै चलाउने हरु
खै कहाँ छौ? श्रम अनि सिपले, ढुङ्गा गलाउने हरु
देखि यस्तो अवस्था देशको,सम्झिदा रुन्छ मन
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन
लेला कहाँ गति बिकासले,समृद्धि कहाँ छाउला?
तिमी बिना शुभ समयको, गीत यहाँ को गाउला?
राखी तिम्रै भरोसा देशको , चल्दैछ हेर धड्कन
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन ।
Liked by: