म अयोग्य त म थिए असफल तिमी कसरी
लुटिगएछन सपना धुलो को खडेरी जसरी
नियाल्दै छु म तिम्रा अझै बानी हरु
सम्हाल्दै छु म चोट ले गराएका हानीहरु
स्विकार्दै छु प्रेम का घारणा हरु
मान्दै छु तिता माया का श्रदा हरु
चुप भै बस्न मन लाग्छ तिम्रो तन देखि
मसान घाट पच्छ्याइरहेछ आफ्नै मन देखि
मेरो आत्मा मा आस्था छ प्रेम र भक्ती छ
त्यो भन्दा ठुलो त यहाँ सेक्स को शक्ति छ
छि छि दुर दुर गर्छु म प्रेम का सिबाय कुरा
आफ्नै हृदय सहन्छ यहाँ बगली का छुरा
राम राम पधेरी को पानी ले समुन्द्र मैलायो
सस्तो साहित्य लेख्ने दिमाग रत्ती भर मै हौसायो
कति राम्रो भन्देउ ओहो एक चोटि त माया
म सक्दिन घाम छोड्न,सक्छु त्याग्न छाया
तर पनि
अयोग्य भैदिए म,थियो माया स्पर्श उस्तै
असफलताको सोपानमा अर्को तिर द्रुश्य दुरुस्तै
माया खेर जान्न मन मै त छ फेरि साट्न मिल्छ
तुहिए सपना र योबन त्यो त यसै ढाट्न मिल्छ
मजाकिएका फुस्किएका चिप्लिएर गै हाल्छ
उज्याला सपना देख्थीयौ अझ पनि ख्याल छ
रुवाउने हरु रोएपछी बोल्नु को त अर्थ भएन
फेरि गास्नु सपना हरु,बाचेका रहर नमरि गएन
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: