उदासीन यो जिन्दगीमा तिमी आइ रङ्ग भर्यौ
चर्किदै गरेको यो मनको घाउलाई मलमपट्टी गर्ने गर्यौ
अंगाल्न खोज्छु यो मनले तिमीलाई अर्कैको नासो तिमी पर्यौ
खडेरी लागेको उजाड जंगलमा बर्षात बनी हरियाली छर्यौ
खै कसरी सम्बोधन गरौं ब्यक्त गरौं त शब्द छैन
देबता संझि पुजा गरौं त तर तिमी देबी हैन
सुन्दर रुप कोमल मन उस्तै छ असल ब्यबहार
त्यसैले त त्यो मायाको तिरले गर्यो यो मुटुमा प्रहार
जीवन भरी साथ दिउँला अनि चाहे जति तिमीले माया
उपहारको रुपमा पाएको छु तिमीलाई हुदिन दायाँबायाँ
बिस्वास अनि भरोसा मै चल्ने गर्दछ हाम्रो मानव जिन्दगी
तिम्रैे हातमा सुम्पेको छु मैले राखेर यो जीवन बन्दगी माया
Liked by: