आखाको ज्योति कमजोर हुदैछ रे
मेरी आमा को
दिनरात छोरा कै नाम लिन्छन् अरे उता आमा
बेरोजगार छोरा को दुःख
बाआमा ले पढाए सकिनसकि पढाउनत
जब छोरा को पालो बाआमालाई पाल्ने छोरो बेरोजगार।।
नखोजेको होइन जागिर छोराले न भौतारिएको होइन
आमाको आखा को ज्योति फिर्ता गर्न नतड्पिएको होइन
मध्यम वर्गीय छोराको पढाइको पनि मान्यता भएन
चाहाना थियो आमाबुबालाई खुशी बनाउने
जागिर ले नै खुशी लुटि दियो ।।
आफ्नै देशमा केही गर्न नसकेको छोरो
बिदेशी दा के भर जिउँदो आउछ कि मरेको
पढेर आफ्नो देश मा केहि गर्न सक्ने वातावरण भैदिए
सुख शान्ति समृद्धि सबै का घरमा छाइदिय
शिक्षित मान्छे बेरोजगार नभैदिए
सुन्दर हाम्रो देश नेपाल स्वर्ग बन्थ्यो
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: