भन्छन् है मानव विवेकशील प्राणी हो
विवेकशील प्राणिको विवेकलाई के भो
विवेकशील प्राणीभन्दै सान देखाउछन मानव
नामको मात्र मानव हुन कामको हुन दानव
हिजोआज मानवता हराउँदै गाको छ
राम्रो काममा एकअर्काको इर्ष्या भाको छ
मानव भै पशुहरुको हत्या हामी गर्छौ
तिनीहरुकै सरापले कुनै दिन मर्छौ
नामको मात्र मानव होइन कामको बन्न सिकौ
विवेकशिल प्राणी बनी सन्सारमै बिकौ
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: