भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ ।
रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ ।
असार मासको बेला जन्म भो भानुभक्तको ।
उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।।
रम्घाको शीत छायाँले एउटा फुल फुलाएछ ।
हृदयपुरीको माझ एउटा नाम पलाएछ ।
खोज्दछन साहित्यपे्रमी भानुभक्त नाम कवि ।
कृतिको रचनालेनै प्रष्टिन्छ उनको छवि ।।
भानुभक्त कवि जन्मे घाँसीको प्रेरणामा ।
जन्मिउन भानुजस्तै कवि नेपाली काखमा ।
युग युग बाँचिरहुन भानु नेपाली माझमा ।
श्रद्धाको दुइ थोपा भानुको सम्झनामा ।।
-----
दिनेश बास्तोला
Liked by: