आफ्नो लागी टोपी किन्न , तिमी साह्रै माया मान्थेउ
मेरो लागी कपडा किन्न, हिॅड बाबु कत्ति भन्थेउ ।
बल्ल आज बुझ्दै छु, तिम्रो त्यो अधिक माया
आफू सॅधै भोको बसी, मेरो लागी गॅास बन्थेउ ।।
छोरा आउछ भनी तिमी, दैलो कुरी बस्थेउ अरे
बाबु नआई म त खाना, खॅादै खान्न भन्थेउ अरे ।
हॅातको घडी पल्टाई पल्टाई, घरीघरी हेर्दै तिमी
बाबु आउन पॅाच मिनेट, अब बॅाकी भन्थेउ अरे ।।
पॅाच मिनेट कुर्न तिम्लाई, हुन्थ्यो अरे साह्रै गाह्रो
घरी भित्र घरी बाहिर, गर्थेउ अरे पालैपालो ।
त्यत्ती माया गर्ने बुबा छोडी, यत्ती टाढा आएको छु
बुझ्दैछु तिम्लाई आज, भाको होला कत्ती गाह्रो ।।
बुबा,
तिम्रा दुखका दिन अब, यो छोराले फालिदिन्छ
फाटेको त्यो तिम्रो टोपी, यै छोराले टालिदिन्छ ।
अन्धकारै अन्धकारमा, बित्यो तिम्रो सारा जिवन
बॅाकी जिवन उज्यालोमा जिउनु, दियो यो छोराले बालिदिन्छ ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: