छाउपडी अन्धविश्वासको जाल हो
महिलाको पीडा, शोक र हाल हो
संस्कृतिको नाममा लाज र अपमान,
महिनावारीमा बस्नुपर्ने एकान्तमा हाल
देउता रिसाउँछन् समाजको डर
बुझ्न सकेन कोहि कसैले नारीको यो कर
शरीरले कष्ट सहन्छ मनले दुखाउँछ
सहनशीलता र साहस तिनले नै चिन्छ
छाउगोठमा बित्छ रात, ठण्डी र अँध्यारो
स्वास्थ्यको खतरा अझै पनि उस्तै पिडा भारी
सहने शक्ति छ जसमा ईश्वरको बास
त्यो नारीलाई समाजले किन गर्यो निराश
शिक्षा र चेतना ल्याउनु पर्छ अब
छाउपडीको अन्त्य गर्न लाग्नु पर्छ अब
मानवता र ममता सबैमा बिउँझाऔं,
छाउपडीमुक्त समाज हामी सबै बनाऔं....
Liked by: