न त कबिले लेखेको कबिता जस्तो छ जिन्दगी
नत एकादेशको कथा जस्तो छ जिन्दगी
देखेको न पाइने लेखेको थाहा नै न हुने
कसैले भन्छन् जिन्दगी यात्रा हो।
कसैले भन्छन् जिन्दगी संघर्षको मैदान हो
तर म त भन्छु जिन्दगी विधाताले रचेको नाटक हो।
त्यसको म एक पात्र हु
जुन दिन नाटक सकिन्छ।पर्दा खस्छ
म माथि सेतो कात्रो ओढाइन्छ
Liked by: