डडेलोले जलेको छ सारा जगत नै किन।
आउँछ किन यो वायु वेगिदै तिव्र छिन्छिन।
जलेर भस्म भो सारा साना ठुला सबै वन।
वन्यजन्तु मरेका छन् डढेका छन् सबै धन।
धुँवाँले व्याप्त भो सारा वायुमण्डल् प्रदुषण ।
लगाएछ कि झैँ आज प्रकृतिले विभूषण ।
छैन देह र मस्तिष्क स्वच्छ शान्त र निर्मल।
ढाकेको छ तनाबैले देहमा छैन झैँ बल।।
नैराष्यता जगाएछ डडेलोले सबै तिर ।
पर्नु सम्म परेको छ हद भन्दा बढी पिर।
वसन्त ऋतुका पुष्प डडेर सब नष्ट भो।
वसन्त ऋतुमा आज प्रकृति किन नष्ट भो?
कलिला कोपिला पुष्प , हरिया पालुवा सब ।
वसन्त ऋतुको सृष्टि डडायो यसले जब।
मरे जंगलका जीव मरेका छन् अझै पनि।
पारिदे दैव वर्षात निभोस् लौ अग्नि यो भनी।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: