बा! दशैं आयो नि,
'हामी लाई होईन बाबु,
ति धनिमानी लाई आको'
हामि चै को नि? बा!
'बाबु हामी त गरिब छौ'
यो गरिब भनेको के हो? बा!
'पछि बुझ्छस बाबु'
बा! चङ्गा,
म नि उडाउने नि,
बा! नयाँ लुगा,
म नि लाउने नि,
बा! चिचि,
हामी नि खाने नि,
बा! बा! बोल्नुस न,
के भयो बा?
किन रूनु भाको?
'तलाई के भनौ
हिड पिङ खेल्न'
नाई के बा!
साचि बा!
हाम्रो घरमा किन दशैं नआको,
किन कमेरोले नलिपेको,
किन थोत्रो,
पल्लो घर कति रङ्गिन,
बा! हाम्रो मा नि लाउने नि,
'बाबु यो संसार यस्तै हो
हुनेको जोडिरहन्छ
नहुनेको सिद्दिरहन्छ'
बा! सरले भन्नु भाको,
संसार गोलो छ रे नि,
सबैको पालो आउछ रे नि,
हाम्रो पालो कहिले आउछ?
बा! हाम्रो पालो आएपछि,
गुडिया ल रामेको जस्तै,
दानेको जस्तै लुगा है,
हाम्रो मा नि खसी काट्ने ल,
ल बा! ल,
'सबै देखिएका सपना होइनन् बाबु,
देखिएका पुरा गर्दा गर्दै धेरै अधुरा भई सके'
बा! के भन्नु भाको,
बुझ्दैनस त बाबु सुत,
भोलि छिट्टै उठ्नु पर्छ'।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: