दशैंमा दशा लाग्दैन,
चमक जाग्दछ।
सबै संग सम्पर्क हुदा,
दशा भाग्दछ ।
आशिष मिल्दा ठूला संग,
आशिष लाग्दछ।
भवानिको प्रसादले,
व्याधि भाग्दछ।
जेजस्तो छ घरमा,
त्यहि पकाउनु।
नयाँ लुगा मासु नै,
किन ल्याउनु।
सिस्नु, चना, निगुरो जे छ,
त्यस्मै रमाऊँ ।
नयाँ चलन ल्याइ बन्धु,
दशैं मनाऊ ।
Liked by: