केही "उत्पात" केहि "विश्वास घात"
केही "भूल" केही "विराम"
आज पनि यसै गरि चलिरहेछन् देश
केही आँसु केही खुशी
चीत्कार आवाज स्विकार अस्विकार
हृदय भित्रका भाव
आज पनि उस्तै गरि बलिरहेछन् देश
विश्वास धोका
नजिक टाढा
आफ्नोपन ..पराईजन
टुक्राटुक्रा परेका सिमानाका केही थान कागजहरु
आज पनि उस्तै गरि च्याती रहेछन् देश
को आफ्नो को पराई
छैन कसैको विश्वास
अर्कैको ईसारामा देशलाई पारछन् विनास
उसैलाई पालो पालो गरि सासन गर्न दिईरहेछन् देश ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: