मलाई पर्खिने भन्दा पनि म सँग तर्किने धेरै छन । मैले सल्लाह दिदा सुनेर म सँग जर्किने धेरै छन ।। सत्य कुरा साचो हुन्छ भन्ने कुरा थाहा पाएर पनि । झुठो आरोप लगाएर रिसाउँदै त झर्किने धेरै छन ।।
मलाई पर्खिने भन्दा पनि म सँग तर्किने धेरै छन ।
मैले सल्लाह दिदा सुनेर म सँग जर्किने धेरै छन ।।
सत्य कुरा साचो हुन्छ भन्ने कुरा थाहा पाएर पनि ।
झुठो आरोप लगाएर रिसाउँदै त झर्किने धेरै छन ।।
संघर्षबाट टाढा भागेर छिट्टै माथी पुग्ने कोशिशमा ।
असली नक्कली छुट्टाउन नसकेर फर्किने धेरै छन ।।
किन यति स्वार्थी भयो यो मेरो आफ्नै गाउँसमाज ।
षड्यन्त्रको दाउपेचमा आफ्नासित चर्किने धेरै छन ।।
सुन्दैन बिन्ती कसैले महसुस गर्दैन पीडा स्वार्थमा ।
सहयोगको नाटक रची अलि अलि छर्किने धेरै छन ।।
खड्क पुन "वियोग"
हाल मलेशिया बाट
[email protected]
----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।
Liked by: