ढाेका खोल्नु न !
बाहिर कुटनितिज्ञहरु भौतारीरहेछ्न
मलाई दलितको अनुसुचिमा चडाएर
राहत दिन बोलाउदैछ्न
चारपाङ्रेमा दुइचार जाना
सुकिलो पोसाक लगाएका
झ्यालबाट चियाउदैछ्न
म जस्ताहरुलाइ घिच्याउदैछ्न
ए ! कागेश्वोरी नगरीका स्वामी
ढाेका खोल्नु न !
केहि त बोल्नु न !
मैले त हो तपाईंकि आमा बित्दा
तेरौ दिनको पुन्य तिथिमा भाडा माझेको
मैले त हो तपाईंकि श्रीमति
सुत्केरी हुदा गोडा माडेकाे
ढाेका खोल्नु न !
ए ! पिन्सिन पकाएका सुवेदार साहाप
बाहिर भाले कुखुरा आएर हाहाकार गरीसके
हामीलाइ अनुसुचिमा चडाएर आफ्नो पेट भरीसके
म नै त हु तपाईंलाइ सितन बनाएर दिने
म नै त हु तपाईंको घरको पानी ट्याङ्की भरीदिने
म नै त हु तपाईंका बगैचामा फर्सिका बियाँ छरीदिने
ढाेका खोल्नु न !
तिनिहरु म तिरै आउदैछ्न
ए ! बैङ्कमा काम गर्ने भाइ
मैले त हो नि तिमी सानो छदा गुमुत फालि सिहारेको
तिमीले मलाई गर्ने सोशण कसैलाइ सुनाएकि छुइन
म बाहिर दलिनमा छु
हेर त !
मलाइ खोज्दै तिनिहरु आइपुगिसके
मलाइ भित्र छिर्न देउ न ;
ढाेका खोल न !
मलाई राहत चाहिएको छैन
म त सेवा गर्ने मान्छे
न मेरो घर छ न त थर नै
सकभर यो जिन्दगी तपाईंहरुकै निम्ति
ढाेका खोल्नु न !
ए ! जर्नेलनि काकि
ए ! जर्नेल काका
ढाेका खोल्नु न
म बाहिर बसेको निकै बेर भयो
तपाईंका कुकुर पनि भोकाएका रहेछ्न
भुकेका भुकै छ्न ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: