दिपेन्द्र बेघा · Mar ३, २०२१
हातमा पोको निधार मा टीका दुइँहात जोडेर
परदेशी बन्न हिड्यो है छोरो स्वदेश छोडेर
नरुनु है बाबा आमा नरुनु है प्यारी
साथी भाई इष्टमित्र जानु पर्यो छाडी
बिरानो यो ठाउँमा ठूलै रैछ सहर
छाडी आए बाबा आमा पुर्याउन लाई रहर
परदेशी हु म हजुर परदेशी
सम्झी रुन्छु आफ्नै घर गाउँबेसी
परदेशी हु म हजुर परदेशी।
फर्की आउँछु दुई वर्ष पुगेसी
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।