निस्सासिने रहेछ
भिड्मा मान्छे
झार नगोडिएको बाली जस्तो
आपदमा बा...र आमा जस्तै
एक्लै एक्लै हुने रैछ
जुनिभरलाई खुसी खोज्न हिँडेको मान्छे
कुरिरहनु पर्या छ
झण्डीडाण्डा मा बस्ने गिद्ध जस्तै
सारा टुलुटुलु हेर्छन
चिच्याउछन वाओ! भन्छन्
र फोटो खिच्छन्
यँहा अवस्था नाजुक बनिसक्यो
जालहारीको जालमा माछा फसेजस्तै
चुचुरोमा अक्सिजन रित्तिए जस्तै
एक्लै-एक्लै हुने रैछ
जिवनको सार खोज्न हिडेको मान्छे
फुलेर फलेर लटरम्म हुन मन थियो
सलकपुर को सुन्तला जस्तै
झ्याम्म फुलेको अम्रिसो जस्तै
साच्चै..
कुनै भर छैन जिन्दगीको
कति बेला सारिदिने हो कुन्नि?
भेलले नदिको भंगालो र आफन्तले अंगालो...
परिक्षा जस्तै
एक्लै-एक्लै हुने रैछ
रहरहरुको लास बोकेर हिडेको मान्छे
Liked by: