देश छाडि गयौ वनाउॅछु भनि विग्रियो देश झनै
चुहिने थ्यो छानो भत्काउछु भन्छ नेतृत्व मनमनै
खेत भयो वाजो सिमेन्टीको घर भान्छामा विष पाक्छ
पिढिमा वसि आकास हेरेरै आमाको मन थाक्छ
साउन झै भयो प्यारिको आँखा वगाउछ कुन दिन
"को हो यो " भन्छ छोराले तिमि फर्किन्छौ जुन दिन
साइला बुढा बा विरामि भाथे कोहि थेन भरैमा
तड्पिएर विते घाट लाने कसले गनायो घरैमा
जाने पथ सोध्न तिमिलाई खोज्छ कुशासन,भ्रष्टाचार
तिमि नहुदा अलपत्र छ सुस्तामा काडेतार
नदिले पनि विद्युत वन्नलाई तिम्रै नाम जप्दै छ
विकास नहुदा रारा तालहरु दु:ख पिर खप्दै छ
आउ न साथि अस्पताल लैजाऔ देशलाई लाग्यो व्यथा
अवसर खोजौ वनाऔ भिजन हामि नै हौ नेता
हरियो पासवर्ड फाल्देउ ए साथि हरियो घासँ काटौ
नाफा नै दिन्छिन प्रकृतिसंग अमुल्य श्रम साटौ
Liked by: