फिक्का उडेको हासो भित्र
अलिकति तुवाँलोमा रोमल्लिएर
एकान्तमा पनि शून्यता खोजिरहेछु
ति सारा हस्ति बिर्सेर हराई रहेछु मौनतामा
एक सर्को जिवन काहानि बोकेर
म कोरिरहेछु चित्त नबुझ्ने कथाहरु
अनि च्यात्न खोजिरहेछु ब्यथाका पानाहरु
तर पोखिएछु म छरपस्ट मसि बनेर
तर पनि आकार रहेछु
ति गहकिला शब्दहरु जस्तै
म भिन्न छु समवेदनाका कोसेलि जस्तै
म पूर्ण रित्तो र खालि छु
फूल बिनाको डालि जस्तै
अकारण झुण्डिएको जिवन
केरा जस्तै बोटमा जसरि, पसलको डोरिमा जसरि,
आस्थालाई प्रतिशोधक उदाहरण दिएर
म लुक्न खोज्छु क्षितिजमा सन्ध्या जसरि
एक चम्किलो सूर्य जसरि
बिहानमा मदूर चन्द्र जसरि
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: