रातो रगतको भेलसंगै
शिरमा कफन बाँधेर
जुरूक्क उठ्दैछ गोर्खाल्याण्ड ।
मलाई पराया होईन
मेरै भाषा चाहिन्छ
मेरै चिनारी चाहिन्छ
अनि मेरै शासन चाहिन्छ
उदघोष गर्दैछ गोर्खाल्याण्ड ।
जब मातृभूमिको भाषा
तोड्न मोड्न खोजिन्छ
त्यहा मातृत्व भातृत्व र रहनसहन
बिलिन भएर जान्छ
यसैको विरूद्धमा
विगुल फुक्दैछ गोर्खाल्याण्ड ।
देशलाई चोट लाग्दा , भाषा मिल्काउदा
वैरिको हस्तक्षेपमा
कसरी जाग्नुपर्छ
अवगत गराउदैछ गोर्खाल्याण्ड ।
खोई सुने या सुनेनन्
नेपालका शाशकहरूले
मातृभूमि र भाषाको माया कति हुन्छ
सिकाउन खोज्दैछ गोर्खाल्याण्ड ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: