कोपिलामा सुन्दर देखिन्छ
फुल्दा त झन् आहा! मनै लोभ्याउने
तिमी पनि त कोपिला थियौ
आज गुलाफ झै फक्रियकि छौ, सुन्दर!
तिम्रो यौवनको यो सुन्दरता त हो
तिम्रो अहिले अस्तित्व जताउने......
गुलाफ सबको मनमनमा छ
सवैको सृङ्गार बनेको छ, यधपि भोलि
ओइलाएर फालिनु पर्ने त छ नै,
थाहा भएपनि उ ....
कोपिलामै ओइलाउन अहँ, मान्दिन ।
जस्तो तिमीलाई पनि त थाहा छ,
भोलि आमा बन्छु.. र बृध्दा हुनुछ....
गुलाफ टिप्दा त ओइलिन्छ,
नटिपे पनि पाकेर झर्नु त नियति न हो
एक दिन निमटाङ्ङ पत्रदल झरेर
सोभा विहिन बन्नुनै छ
कसैलाई नया जिबन दिन आफु सकिनु त छ, छ..
गुलाफ निरस भएर, ठिङ्ग उराठ देखिन्छ
अव तिम्रो पालो, तिम्रो नि
केस फुल्छन्, गाला चाउरि पर्छन्....
तिम्रो नि यौवन सकिन्छ र हजुरआमा बन्छौ
जस्तो गुलाफ ऊखेलेर घाममा सुकाइन्छ
त्यस्तै तिम्रो पालो, बृध्दाश्रमको.....
Liked by: