हजारौं सपना आखामा सजाई
आफ्नै सरिरको अंग चिरीचिरी
आमा,यो सुन्दर संसार देखायौ मलाई
गर्थे चकचक,पर्थे दिक्क आमा
तिम्लाई अनि अरु सबैलाई
तर,सबैको आपजस् अनि गाली आफै सुनी
आमा,मलाई सधैँ हसायौ तिमीले
राम्रो संग पढ्नु छोरी अनि हुनु सधैँ अशल भन्दै,
आफुले यउटा अक्षेर नचिनि नचिनी
आमा,चिनायौ मलाई अक्षेर सबै
दिनरात गर्थेयौ दुख, छोरि हुन्छे भोकै भनि
दिनभरको थकाईलाई परै सरि,चन्द्रमा जस्तो मुहारमा
मप्रतीको धेरै आशा बोकी अनि सोध्थ्यौ फेरी ,छोरि तिमि पछि के बन्छौ भनि?
बुझ्ने भयको थिय धेरै कुरा
मेरो पहिलो प्रेम आमा हजुर
मेरो खुसी अनि पिडा सबै सधै हजुर संगै बाढ्न चाहनथे
आमा, थियनन मेरा कुनै ठूला सपना,
बस्,सधै हजुरसंगै बस्न चाहँथे
भन्थे सधैँ आमा हजुरको हरेक मुस्किल सँग
म आफै लडनेछु भनी,
तर झुटी रैछे आमा तिम्री छोरी,
सपना देखाई तिम्लाई नानाथरि............
बचउछु भन्थी आमा सधैँ तिम्लाई
तर,घिटीघिटी गरि लिदा आन्तिम सास तिम्ले
आमा,...............
झर्न दुई थोपा आसु बाहेक,गर्न सकिन अरु केहि
अ आमा मैले अरु केहि गर्न सकिन
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: