के छ हजुर ?
हामी सन्चै छौँ ?
हामीले लिएको स्वासले ,कति खुसी हुन्छ ? हाम्रो फोक्सो ,
पिएको पानीले, कति न्याय गर्छ पेटलाई ?
बालीको बिसादीलाइ कति छान्छ मृगौला कलेजोले ?
फ्रेन्च फ्राई भन्दा के कम छ ? आलुदम
पिज्जा भन्दा के कम छ ? कोदो घुमरोटी
र कहाँ कम छ ? स्थानिय नास्पाती सोमरस ?
हो ,
अनि पो चिन्नु र चिनाउनुछ हामीले
आफ्नो धरातल
बनाउनु छ, आफ्नो बेग्लै पहिचान
र उचाल्नु छ फेरि
आफ्नै अर्गानीक फ्लेभर ।
चुरे देख्दा आनन्दित हुने हृदयले
चुरे उक्लिएसी
तल के देख्छ ?
देख्दैन, तरु अङ्कुरण ?
देख्दैन, धानका झुलन बगैचा ?
टेक्दैन, कङ्कृट बाहेकका जमीन ?
माटो छाम्ने दृष्टिले सिमेन्ट छामेपछी
मकै पाक्ने खेतमा ईटा पाकेपछी ,
र भब्य महलको गमला धान रोपेपछी
बल्ल पुरस्कारको भागीदार भएका छन्
हाम्रो आफ्नै पार्टीका
निर्बाचित युवा नेतृत्व ।
अब ताली पड्काऔं ।
तारे होटलमा
क्वाटर लिनु हो कि ?
महभिरको महपानी हो पर्यटन ?
दामनमा फ्लेभर्ड बुके हो कि ?
सुनाखरी लालीगुराँस हो पर्यटन ?
काफल ऐँसेलु हो कि ?
चेरी ड्रागन हो हाम्रो अस्तित्व ?
बार र डान्स हो कि ?
दोहोरी रोदि हो ?हाम्रो अस्मीता ?
महोदय,
आफु र आफ्ना बिर्सिएर
परायालाई आफ्नै बनाउँन खोज्नु
खर छानोमा अग्नि नृत्य होईन र ?
सोचौं
मौलिकता माथीको प्रहार,
आफ्नै टाउकोमा
बज्र प्रहार
शिवाय
के हो र ?
Liked by: