ती पल संजोग थियो या अनायास
मन थिए दंग साना तीसाना धूपमा
अहिले त जति मनधेर गरू प्रयास
तर पहिले झै यो मन छैन स्वरूपमा
दोष याे प्रकृतिको थियो कि अरुको
शब्द नउल्झदै हर पूरा हुन्थे लालसा
चाहट अप्रत्याशित थियोे कि तनको
खै अब कुन जमानामा हुदोहो मनसा
वहकिएको हृदयंगको तलाउ खोजमा
उचित के छ सुझ्दै हरेक यो परिवेश
अवस्था अनेक गुज्रिए विना जोशमा
मनाउदै उज्ज्वल आशमा खाए हरेश
Liked by: