सुन्दर डाँडा,काँडा हरा भरा
त्यो हरियाली मन पर्छ !!
खान पान रहन सहन
पहाडी तराई हिमाली मन पर्छ !!
मलाई म हिंडने बाटो त्यै
उकालीओराली मन पर्छ !!
बर पिपलको चौतारी
त्यै भंज्याङ देउराली मन पर्छ !!
कसै सामु झुक्न नजान्ने
हुँ वीर गोर्खालि त्यसकारण…
त्यै भिर माथिको उच्च ठाडो
शिर अच्चकाली मन पर्छ !!
तिमी सितको मेरो प्रित..
चल्दै रहन्छ यही हो यँहाको रित,
ए काली मलाई अरिसारै
ओठको शोभा लाली मन पर्छ !!
भुल गर्नु मर्नु सरह हुँदो रैछ
सक्छौ आउ मलाई बचाई देउ !!
अरुले दिएको भन्दा त तिमीले
दिएको बरु गाली मन पर्छ !!
Liked by: