हावाको झोक्का मा कुनैबेला
बतासिदो रैछ जिन्दगी ।
देखि धेर बिपत्ती कतै
अनायासै हतासिदो रैछ जिन्दगी ।
कठिन , मुस्किल बहाब मा पनि
बगाउनु पर्ने रैछ जिन्दगी ।
भुमरिरुपी आधिमा चलाएझै
नाउ झै खियाउनु पर्ने रैछ जिन्दगी ।
दुख पिएर , मुस्कान देखाइ
जिउनु पर्ने रैछ जिन्दगी ।
पुरानै किन नहुन तरै
टालटुल गरि सिउनु पर्ने रैछ जिन्दगी ।
बाध्यताको सिकन्जिमा
कस्सिएको रैछ जिन्दगी ।
सान्त्वना पाउछु देखि गुलाब
सोची काडा बिचमा झै फुलेको रैछ जिन्दगी ।
जीवन को सार्थकता लाइ भुली
डौडिएको जस्तै रैछ जिन्दगी ।
डुब्न लागेको घामछाया लाई
प्राप्तिको लागि पौडिएको रैछ जिन्दगी ।
मानबता लाई फाँसी दिएर
फोटोमा चढाइएको फुलमाला रैछ जिन्दगी ।
सुख्खा मरभुमिमा सिचाइ गरि
फुलबारी बनाउने भुल प्रयास रैछ जिन्दगी ।
जसरी हुन्छ जे गरेर हुन्छ
प्रयाश सबैको छ रैछ सुर्य झै चम्किन जिन्दगी ।
चिहान भित्र कुहिएको भएपनी
बाहिरी रुप रङचुना झै झल्किन खोज्दो रैछ जिन्दगी ।
यस्तो जिन्दगी
खै के जिन्दगी ।
........
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: